नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्किन सुझाव दिएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले पूर्वराष्ट्रपति भण्डारीलाई फेरि राजनीतिमा सक्रिय नहुन सुझाव दिएका हुन् । ‘राष्ट्रपति भइसकेको मान्छे पुन: राजनीतिमा सक्रिय हुनुहुँदैन । संविधानमा जेसुकै कुरा उल्लेख भए पनि राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्किनु हुँदैन,’ उनले भने ।
नेता कोइरालाले पूर्वराष्ट्रपति भण्डारीसँगको भेटमा पनि आफूले राजनीतिमा नफर्किन सुझाव दिएको बताए । ‘केही समयअघि पूर्वराष्ट्रपति भण्डारीजीसँग मेरो कुराकानी भएको थियो । उक्त भेटमा मैले राजनीतिमा नफर्किँदा राम्रो हुन्छ भनेर सुझाव दिएको थिएँ,’ उनले भने ।
१४ असारमा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको केन्द्रीय कमिटीको बैठकले राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै नवीकरण भइसकेको भनिएको पूर्वराष्ट्रपति भण्डारीको सदस्यता स्वत: निष्क्रिय भएको एमालेले बताएको छ ।
कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको बताएका छन् ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान