लागूऔषध सेवन गरेर सवारी चलाउने ३ चालक पक्राउ: स्याङ्जा प्रहरीको सडक सुरक्षामा फेरि कडा निगरानी

लागूऔषध सेवन गरेर सवारी चलाउने ३ चालक पक्राउ: स्याङ्जा प्रहरीको सडक सुरक्षामा फेरि कडा निगरानी

arrested pic

सडक दुर्घटना न्यूनीकरण तथा यात्रु सुरक्षालाई थप सुदृढ बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सञ्चालनमा ल्याएको “लागूऔषध सेवन (ला.प.से.) चेकिङ अभियान” प्रभावकारी बन्दै गएको छ ।

उक्त अभियान अन्तर्गत २०८२ साउन १४ गते वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले गल्याङ नगरपालिका –३ स्थित चौकीलाइनमा सवारीसाधनहरूमा विशेष निगरानी गर्दै चेकजाँच गर्दा लागूऔषध सेवन गरी सवारी चलाइरहेका तीन जना चालकहरूलाई नियन्त्रणमा लिएको हो ।

निजी तथा सार्वजनिक सवारीसाधनहरूको नियमित जाँचको क्रममा लागू पदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएपछि वालिङ् नगरपालिका -६ का २६ वर्षीय टिप्पर चालक मिलन राना, गल्याङ नगरपालिका -८ का २६ वर्षीय जिप चालक सनिप गाहा र गल्याङ -२ का २८ वर्षीय मोटरसाइकल चालक आशिष थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार तीनैजना चालकहरूले लागू पदार्थ सेवन गरेको पुष्टि भएपछि आज बिहीबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट १० दिनको म्याद थप अनुमति लिई उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सवारी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै लागूऔषध सेवन गरी सवारी सञ्चालन गर्ने कार्यलाई शून्य सहनशीलताको आधारमा नियन्त्रण गर्न चेकजाँच कार्यलाई निरन्तरता दिने जनाएको छ ।

यस कार्यबाट सवारीसाधन सञ्चालनमा हुने लापरवाही तथा सार्वजनिक सुरक्षाप्रति देखा पर्ने बेवास्तालाई निरुत्साहित गर्ने विश्वास लिइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ