पेट्रोलको मूल्य घट्यो, डिजेल, मट्टितेल र हवाई इन्धनको भने बढ्यो

पेट्रोलको मूल्य घट्यो, डिजेल, मट्टितेल र हवाई इन्धनको भने बढ्यो

petrol

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढेको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ । समायोजित नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ