पोखरा । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश/कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा राष्ट्रिय कोदो दिवसका अवसर पारी कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव सम्पन्न भएको छ ।
जनगायक जीवन शर्माको विशेष प्रस्तुतिसँगै पञ्चेवाजा, स्थानीय भजनसँगै विभिन्न कार्यक्रम गरिएको महोत्सवको कोदो रोपाइँ प्रतियोगितामा १६ वटा आमा समूहले सहभागिता जनाएका थिए । सहभागी सबै समूहलाई आयोजका तर्फबाट प्रति समूह तीन हजार ५०० रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो ।
कार्यक्रमको प्रवद्र्धकमा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय, कृषि विकास निर्देशनालय, नेपाल टेलिकम, पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका रहेका थिए ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले बहुपोषणयुक्त कोदोको महत्वलाई बुुझ्न नसक्दा यो हेला गरिएको अन्न जस्तो बनेको बताए ।
बहु परिकारसँगै घरेलु मदिरा आदि निर्माणका लागि कोदो उपयोगी हुने बताउँदै उहाँले यसबाट अधिकतम फाइदा लिन सकिने धारणा राखे ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रीका स्वकीय सचिव जीवन उच्चै ठकुरीले खाद्यान्नमा आत्मनिर्भर बन्दै समृद्धिको मार्गमा अघि बढ्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग तथा व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीव बहादुर कोइरालाले कोदोको महत्वलाई बुझ्न नसक्दा पनि यसतर्फको आकर्षण बढ्न नसकेको बताए ।
नेपाल उद्योग तथा व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुुरुङले महोत्सव मार्फत कोदो खेतीको प्रवर्द्धन गर्न खोजिएको बताए ।
औषधीजन्य गुण भएको कोदो खेतीको विस्तार गर्दै स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनु जरुरी भएको उनको भनाइ छ ।
माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले स्थानीय उत्पादनमा जोड दिन सके त्यसले खाद्यान्नमा आत्मनिर्भर बनाउने धारणा राखे ।
नेपाल उद्योग तथा व्यवसायी संघ कास्कीका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षता एवम् सचिव धर्ममान सिंह भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्थानीयवासीको राम्रो उपस्थिति थियो ।
सम्बन्धित खबर
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?
निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
सरकार र जेन-जीबीच सम्झौतापत्रमा हस्ताक्षर [सहमतिको पूर्णपाठ]
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ