काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) विभाजनको औचित्यता पुष्टि हुन नसकेको बताएका छन् ।
आज (शनिबार) सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा उनले एमाले विभाजन गरेको चार वर्षसम्ममा त्यसको औचित्यता पुष्टि हुन नसकेको बताएका हुन् ।
यो चार वर्षमा पार्टी औचित्यता पुष्टि गर्ने ढङ्गले पार्टी अगाडि बढ्न नसकेको उनको भनाइ छ । कार्यदिशा, नीति, सिद्धान्तको आधारमा पार्टी अगाडि बढ्न नसकेको, दक्षिणपन्थी अवसरवादको खण्डन र आलोचना पार्टीले गर्नै नसकेको उनको भनाइ छ । पार्टी नेतृत्वले अरुलाई जिम्मेवारी पनि नदिएको र आफूले पनि काम गर्न नसकेको उनले बताए ।
‘विद्रोहको औचित्य स्थापित हुन सकिरहेको छैन । सबैभन्दा मुख्य कुरा त्यो र आम कार्यकर्ता, तपाईँ मेची जानुस्, महाकाली जानुस् । पहाड जानुस्, मधेश जानुस् औचित्य स्थापित गर्ने काम राम्रोसँगले हुन सकेन भन्ने सबैको असन्तुष्टि छ । मैले यही कुरा उठाइदिएको हो । आम कार्यकर्ताको मनोभावना छ, त्यो मनोभावना मैले उठाएको छु र त्यो उठाउने क्रममा हाम्रो आजको जो नेतृत्व हो, त्यो नेतृत्वलाई मैले खबरदारी गरेको पनि छु,’– उनले भने ।
साथै, उनले यहाँसम्म आइपुग्दा अध्यक्ष नेपालमा अध्ययन र वैचारिकताको हिसाबले परिपक्वता नदेखिएको उनको भनाइ छ । ‘यहाँसम्म आइपुग्दाखेरी मैले अध्ययनको हिसाबले पनि, वैचारिक हिसाबले पनि, व्यवहारिक हिसाबले पनि धेरै परिपक्व हुनुहुन्छ होला भन्ने मैले ठाने । त्यो कारणले गर्दा विद्रोह गर्दा तपाईँ नै अध्यक्ष बन्नुस् भने मैले । तर अहिलेसम्म आउँदाखेरी सन्तुष्ट हुन सकिएन,’– उनले भने ।
खनालले विद्रोह गरेर निर्माण गरेको पार्टीलाई बैचारिक र सैद्धान्तिक रुपमा सुदृढ गर्नुपर्ने भन्दै कसैले भन्दैमा पार्टी छाड्ने वा राजीनामा दिने कल्पना समेत गर्न नसक्ने बताएका हुन्। उनले आफ्नो अन्तर्वार्ताका आधारका पार्टी अध्यक्षले पार्टी छोड भन्नु तल्लो स्तरको चिन्तन भएको टिप्पणी गरे।
खनालले आफुले नभइ पार्टी चलाउन सक्ने क्षमता नभएकाले पार्टी छाड्नुपर्ने तर्क गरे। उनले एमालेबाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि हुन नसकेकाले औचित्य पुष्टि हुनेगरि पार्टी आन्दोलनलाई अघि बढाउनुपर्नेमा जोड दिए।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान