माधव नेपाल छोडेर पूरानै घर एमालेमा फर्किन थाले नेताहरू

राजनीति

माधव नेपाल छोडेर पूरानै घर एमालेमा फर्किन थाले नेताहरू

cpn-us-and-uml

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूले नेकपा (एमाले) विभाजनको औचित्य पुष्टि हुन नसकेको भन्दै पछुतो गर्ने बिन्दुमा पुगिरहेको बेला सो पार्टीका नेता कार्यकर्ताहरू धमाधम एमालेमा फर्कन थालेका छन् ।

सो क्रममा शुक्रबार नेकपा एकीकृत समाजवादीका मकवानपुरको इन्द्रसरोवर गाउँ कमिटीका अध्यक्ष लगायत सिङ्गो कमिटी र पेशागत क्षेत्रका नेताहरू एमालेमा फर्किएका हुन् ।

यसरी फर्कनेमा पेशागत महासंघ बाग्मती प्रदेशका कार्यवाहक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिकाका पालिका कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेत, सचिवालय सदस्यहरू जगत स्याङतान, दिपेश थोकर, अनिल रुम्बालगायत रहेको एमालेले जनाएको छ ।

उनीहरुलाई एमाले मुख्यालय च्यासलमा महासचिव शंकर पोखरेल, पार्टीका स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले खादा र अवीर लगाएर स्वागत गरेका थिए ।

पूरानो घर फर्किएकाहरूलाई स्वागत गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा एसका नेताहरू नै पार्टी बिभाजन गलत थियो भन्ने निश्कर्षमा पुगिसकेको बेला एमालेमै फर्कने निर्णय सही रहेको भन्दै अव देशभर यही अभियान चलाउन सुझाव दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ