विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझाव दिएका छन् ।
नेपाली कांग्रेस विराटनगर–४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अरू पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउन र देशमा देखिएका समस्याबारे छलफल गर्न देउवालाई सुझाव दिए ।
‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ उनले भने, ‘तर उहाँ सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गर्नुहुन्छ । नेता भएपछि सबैसित भेट्नुपर्छ । मैले सभापतिलाई पटक पटक भने तपाईँ कांग्रेसको मात्रै होइन देशैको नेता हो, तपाईंजतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन। तपाईँले बोलाएर भेट्नुस् सबै दलका नेतालाई, उहाँ हुँदैन भन्नुहुन्छ। अहिले हाम्रो गठबन्धन एमालेसँग छ। एमालेसित मात्रै भेट्नुपर्छ। जुन बेला माओवादीसित थियो त्यसबेला माओवादीसित मात्रै भेट्नुपर्छ। ‘
सबैलाई भेट्ने मेरो आदत छ । त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजीलगायतसित भेट गरेको हुँ । विगतमा ओलीजी सत्ताबाहिर हुँदा पनि मैले भेटेकै हुँ ।’ उनले भने ।
युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने पनि उनले बताए । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिए ।
उनले कांग्रेस कमजोर भएमा लोकतन्त्र र देश नै कमजोर हुने धारणा राखे । ‘लोकतन्त्रको पर्यावाची नै कांग्रेस हो । यदि कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्रै होइन देश नै कमजोर हुन्छ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले भने, ‘कांग्रेसलाई बलियो बनाउन कांग्रेसलाई युवा माझ लिएर जानुपर्छ । कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्छ । लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी छ ।’
पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको उनको धारणा थियो । कांग्रेसले कांग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा कांग्रेसले नहार्ने कोइरालाले प्रस्ट्याए ।
‘म पार्टीको कामले धेरैजसो म जिल्लाहरुमै हुन्छु । जिल्ला पुग्दा जता पनि कांग्रेस मात्रै देख्छु,’ उनले थपे, ‘तर मलाई अचम्म लाग्छ, सङ्गठन र क्रियाशील सदस्यका हिसाबले बलियो भएको वडादेखि संसदीय निर्वाचन क्षेत्रमै कांग्रेस हारिरहेको हुन्छ । यो सबै कांग्रेसले कांग्रेसलाई भोट नदिएकै कारणले हो ।’
जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने बताउँदै नेता कोइरालाले तर एमाले र अन्य पार्टीहरुसितको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । ‘पार्टीको चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र संघको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति छ,’ कोइरालाले भने, ‘यसले कांग्रेसलाई नै घाटा भइरहेको छ । अहिले अरू पार्टीले जितेका स्थानीय, प्रदेश र संघमा कांग्रेस भएको भए त्यहाँ कांग्रेसलाई नै फाइदा हुन्थ्यो । समस्या लिएर जाँदा उसले कुरा सुन्थ्यो । अरू पार्टीले जितेको कतिपय ठाउँमा म आफूले नै ह्युमिसेसन महसुस गरेको छु ।’
सम्बन्धित खबर
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
निर्धारित समयमा चुनाव आजको आवश्यकता : नेता नारायणकाजी श्रेष्ठ
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला