ज्ञानेन्द्र असली राजा होइनन्: प्रधानमन्त्री ओली

राजनीति

ज्ञानेन्द्र असली राजा होइनन्: प्रधानमन्त्री ओली

'राजा मारियो, रानी मारिए, युवराज मारिए। यता उता नभएको भाइ चाहीँ खोजेर ल्याएर बनाएको छ'

kp oli
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह असली राजा नभएको बताएका छन्।

आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहमा उनले शाहलाई कुसको राजाको रूपमा स्थापना गरेको बताए।

‘दरबार हत्यकाण्ड भनेको सानो कुरा हो? त्यसपछि एउटा कुशको राजा स्थापना गरेको भन्छु मैले। त्यो असली राजा नै होइन,’ उनले भने, ‘राजा मारियो, रानी मारिए, युवराज मारिए। यता उता नभएको भाइ चाहीँ खोजेर ल्याएर बनाएको छ। दरबार हत्याकाण्डको परिकल्पना गरेको छ। अनि त्यस बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ।’

शाहले कांग्रेस सभापति शेरबहादुर देउवामाथि मुद्दा चलाउन खोजेको पनि उनले बताए।

‘एउटा कठपुतली आयोग बनाएर अख्तियार बाँकी छोडेर, शेरबहादुर देउवामाथि मुद्दा चलाउँदै थियो। अख्तियारले चलाएर नहुने, यो सबै २००७ सालमा राजा फर्काएको परिणाम हो,’ उनले भने, ‘दिल्ली गइसकेका थिए, उतै बस्न दिएको भए भइहाल्थ्यो नि। राजा फर्काउँदैनौँ, अरु कुरामा सम्झौता गर्छौं भनेको भए पनि हुन्थ्यो होला।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ