पोखरा– नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिचि बगैंचा’ को घुस प्रकरणको अडिओमा बिचौलियाको भूमिकामा रहेका सुजन लामालाई निलम्बन गरेको छ ।
प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले घुस प्रकरणमा मुछिएका सुजनलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनन्जय दवाडीले जानकारी दिए ।
लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो । त्यसपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
लामालाई सफाई नपाउँदासम्मका लागि निलम्बन गरिएको प्रदेश कमिटी सचिव दवाडीले बताए । लामा प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए । यसअघि प्रदेश कमिटीले उनलाई स्पष्टिकरण सोधेको थियो ।
स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेको हो । उनीसँगै मुद्दा चलेका प्रदेश विभाग सदस्य के गिरीलाई पनि निलम्बन गरिएको उनको भनाइ छ ।
एमाले गण्डकी प्रदेश कमिटी अन्तर्गत उद्योग तथा वाणिज्य विभाग सदस्य के. गिरीलाई एमालेले पार्टी सदस्यबाट निलम्बन गरेको हो। के. गिरी पोखरा महानगरपालिकामा कार्यरत अधिकृत कपिल गिरी हुन्।
निजामती कर्मचारीले पार्टी सदस्यता लिन नपाउने कानुनी व्यवस्था भएकाले गिरीले छद्य नाम राखेर सदस्यता लिएका थिए। अख्तियारमा परेका उजुरी मिलाइदिने भन्दै पोखरा महानगरका कर्मचारीसँग २५ हजार रूपैयाँ घुस लिएपछि उनलाई गत चैत ६ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ