सिन्धुली छाडेर पोखरा आइपुगेको हायू परिवार सोमबार गाउँ फर्किंएका छन् ।
गत साउन १२ गते एक्कासि घर छोडेर हिँडेको सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का १६ सदस्यीय हायू परिवारलाई वडाध्यक्ष रविन श्रेष्ठको पहलमा गाउँ फर्काइएको हो।
परिवारका सबै सदस्यहरू पोखराबाट बिदा भएका छन् ।
हायू परिवारलाई सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मा लगाएर बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताए ।
आफ्नो घरमा नबस्ने बताएका हायु परिवारलाई वडाध्यक्ष श्रेष्ठले व्यवस्था गर्ने बताएका छन् ।
खानेपानी, स्वास्थ्य, शिक्षाको व्यवस्थापन गर्ने भनेपछि उनीहरू फर्किन राजी भएका हुन् । वडाध्यक्ष रविन श्रेष्ठले हरेक समस्याहरू समाधान गर्ने वाचा गरेका छन् । वडाध्यक्षले आफ्नै खाली घरमा बस्नसमेत आग्रह गरेका छन् ।
साउन १२ गतेबाट हराएको भनेर समाचार सार्वजनिक भएको हायू परिवार सोही दिन साँझ पोखरामा फेला परेको थियो। उनीहरू पोखरा महानगरपालिका–३० स्थित स्थानीयको २ घरमा भाडामा बसेका थिए।
त्यसपछि गोलन्जोर-६ का वडाध्यक्ष रविन श्रेष्ठको टोली उनीहरूलाई भेट्न पोखरा पुगेको थियो। त्यतिबेला हायू परिवारले आफू बसेको घर पनि अरूको जग्गामा भएको, खानेपानीको सुविधा नभएको, पढ्न विद्यालय टाढा भएको, यातायातको सुविधा नभएको, आर्थिक स्रोत नभएकाले गुजरा चलाउन समस्या भएका लगायतका समस्याहरू वडाध्यक्ष श्रेष्ठलाई सुनाएको थियो।
आफ्नो वडाका स्थानीयबासी आफ्नै परिवार भएकाले उहाँहरूलाई फर्काउन कुनै पनि कसर बाँकी नछोडेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। हायू परिवारको घर एकान्त ठाउँमा भएकाले तत्काल आफ्नो घरमा बस्न भनिएको छ।
सोमबार फेरि उनीहरूलाई लिन वडाध्यक्ष श्रेष्ठ पोखरा आइपुगेका थिए।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला