हायू परिवार वडाध्यक्षसँगै पोखराबाट सिन्धुली फर्किए

गाउँ फिर्ता

हायू परिवार वडाध्यक्षसँगै पोखराबाट सिन्धुली फर्किए

hayu family

सिन्धुली छाडेर पोखरा आइपुगेको हायू परिवार सोमबार गाउँ फर्किंएका छन् ।

गत साउन १२ गते एक्कासि घर छोडेर हिँडेको सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का १६ सदस्यीय हायू परिवारलाई वडाध्यक्ष रविन श्रेष्ठको पहलमा गाउँ फर्काइएको हो।

परिवारका सबै सदस्यहरू पोखराबाट बिदा भएका छन् ।

हायू परिवारलाई सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मा लगाएर बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताए ।

आफ्नो घरमा नबस्ने बताएका हायु परिवारलाई वडाध्यक्ष श्रेष्ठले व्यवस्था गर्ने बताएका छन् ।

खानेपानी, स्वास्थ्य, शिक्षाको व्यवस्थापन गर्ने भनेपछि उनीहरू फर्किन राजी भएका हुन् । वडाध्यक्ष रविन श्रेष्ठले हरेक समस्याहरू समाधान गर्ने वाचा गरेका छन् । वडाध्यक्षले आफ्नै खाली घरमा बस्नसमेत आग्रह गरेका छन् ।

साउन १२ गतेबाट हराएको भनेर समाचार सार्वजनिक भएको हायू परिवार सोही दिन साँझ पोखरामा फेला परेको थियो। उनीहरू पोखरा महानगरपालिका–३० स्थित  स्थानीयको २ घरमा भाडामा बसेका थिए।

त्यसपछि  गोलन्जोर-६ का वडाध्यक्ष रविन श्रेष्ठको टोली उनीहरूलाई भेट्न पोखरा पुगेको थियो। त्यतिबेला हायू परिवारले आफू बसेको घर पनि अरूको जग्गामा भएको, खानेपानीको सुविधा नभएको, पढ्न विद्यालय टाढा भएको, यातायातको सुविधा नभएको, आर्थिक स्रोत नभएकाले गुजरा चलाउन समस्या भएका लगायतका समस्याहरू वडाध्यक्ष श्रेष्ठलाई सुनाएको थियो।

आफ्नो वडाका स्थानीयबासी आफ्नै परिवार भएकाले उहाँहरूलाई फर्काउन कुनै पनि कसर बाँकी नछोडेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। हायू परिवारको घर एकान्त ठाउँमा भएकाले तत्काल आफ्नो घरमा बस्न भनिएको छ।

सोमबार फेरि उनीहरूलाई लिन वडाध्यक्ष श्रेष्ठ पोखरा आइपुगेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds