एजेन्सी । अफ्रिकी मुलुक घानामा बुधबार भएको एक हेलिकप्टर दुर्घटनामा देशका रक्षामन्त्री र वातावरणमन्त्रीसहित आठ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह र वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मद रहेका छन्। घाना सरकारले यस दुःखद घटनालाई ‘राष्ट्रिय त्रासदी’ घोषणा गरेको छ।
दुर्घटनामा घानाका कार्यवाहक उप-राष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मोहम्मद मुनिरु लिमुना, सत्तारुढ दल नेसनल डेमोक्रेटिक कंग्रेसका उपाध्यक्ष स्यामुएल सरपोङ र पूर्व संसदीय उम्मेदवार स्यामुएल अबोआग्येको पनि ज्यान गएको छ।
सेनाका अनुसार, हेलिकप्टरमा पाँच जना यात्रु र तीन जना चालक दलका सदस्य गरी कुल आठ जना सवार थिए।
उक्त हेलिकप्टर राजधानी आक्राबाट बिहान ९:१२ बजे ओबुआसी नामक सुनखानी शहरका लागि उडेको थियो। ओबुआसीमा एक राष्ट्रिय कार्यक्रम आयोजना गरिएको थियो, तर उडानकै क्रममा हेलिकप्टर सम्पर्कविहीन भएको थियो।
राष्ट्रपति जोन महामाका चीफ अफ स्टाफ जुलियस डेब्राले एक पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रपति र सरकार यस दुःखद घडीमा ज्यान गुमाउनुभएका हाम्रा सहकर्मीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ।’
सरकारले राष्ट्रिय शोकको घोषणा गर्दै अर्को सूचना जारी नभएसम्म देशभरका झण्डाहरू आधा झुकाइने बताएको छ।
दुर्घटनाग्रस्त हेलिकप्टर जेड९ युटिलिटी प्रकारको थियो, जसलाई सामान्यतया यातायात र मेडिकल उद्धारका लागि प्रयोग गरिन्छ।
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन र घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको घानाको सेनाले जनाएको छ। सरकारले यो दुर्घटना देशका लागि ठूलो क्षति भएको बताएको छ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
बंगलादेशको सत्ता छाड्दा युनुसले नेपाल र सेभेन सिस्टर्सको प्रसंग उठाएपछि भारतमा तरङ्ग
बंगलादेश चुनावमा विद्यार्थी विद्रोहबाट स्थापित नयाँ दलले ६ सिट जित्दा पुरानालाई दुई तिहाई
बंगलादेशमा बीएनपीलाई बहुमत, १७ वर्षपछि देश फर्किएका खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह