मकै बिउ उत्पादनको क्षेत्रमा स्याङ्जाले नयाँ कीर्तिमान कायम गरेको छ । एकै आर्थिक वर्षमा जिल्लामा तीन लाख छ हजार ४५० केजी मकै बिउ उत्पादन भएसँगै स्याङ्जा प्रदेशमै पहिलो मकै बिउ उत्पादन गर्ने जिल्लाको रूपमा स्थापित भएको हो ।
कृषि ज्ञान केन्द्र स्याङ्जा र कृषि स्रोत केन्द्रको प्राविधिक सहयोगमा यहाँका किसान, सहकारी र कृषक समूहको सक्रियताले यो सफलता हात लागेको हो । जिल्लाका १५ वटा फर्म, कृषक समूह र सहकारीमार्फत दुई हजार २५ रोपनीमा उन्नत र १८ रोपनीमा मूल बिउ उत्पादन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए ।
मनकामना–३, अरुण–२ र रामपुर कम्पोजिट जातका बिउ उत्पादनमा स्याङ्जाका विभिन्न पालिकाहरू सक्रिय भएका छन् । फेदिखोला गाउँपालिकामा मात्रै ९७ हजार ५ सय केजी मनकामना–३ उत्पादन भएको छ भने, अरुण–२ जातको सबैभन्दा धेरै उत्पादन गल्याङको जिमुवामा ९३ हजार ७५० केजी पुगेको छ ।
गल्याङ नगरपालिका –११ का कृषक रुमलाल कँडेलले ३० रोपनीमा चार टन बिउ उत्पादन गर्दै सबैभन्दा अगाडि रहेका छन् । जिमुवाकै चन्द्रकान्त डुम्रेको एक टन बिउ उत्पादनले पनि स्थानीय कृषकको उत्साह बढाएको छ । गत वर्षकै दर (प्रति केजी १२० रुपैयाँ) कायम भएमा यस वर्ष मात्रै बिउको मूल्य तीन करोड ६७ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ ।
कृषक नन्दकुमारी डुम्रेका अनुसार बिउ खेती सजिलो हुनुका साथै यसको आम्दानीले तीन गुणासम्म खान मकै किन्ने क्षमता दिने भएकाले किसान आकर्षित भएका हुन् । कृषि ज्ञान केन्द्रले बिउ उत्पादन गर्ने कृषकलाई ५० प्रतिशत छुटमा प्रजनन्, मूल बिउ र आवश्यक औजार उपलब्ध गराएको छ ।
उत्पादित बिउमध्ये ४० प्रतिशत छिमेकी जिल्लामा समेत बिक्री गर्न सकिने र अन्तिम निरीक्षणपछि प्रदेश बिउ–विजन गुणस्तर नियन्त्रण केन्द्र पोखराद्वारा बिक्री वितरण हुने जानकारी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विकास विकले दिए ।
पहिला-पहिला २८ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुने स्याङ्जामा अहिले १५ हजार ५४४ हेक्टरमा मात्रै मकै खेती भइरहेको भए पनि बिउ उत्पादनको आयतमा भने जिल्लाले ऐतिहासिक उचाइ हासिल गरेको देखिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर