काठमाडौँ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिगो बराबरको धरौटी रकम बुझाएर रिहा हुन गरेको प्रयास विफल भएको छ । रुपन्देही जिल्ला अदालतले उनलाई थुनामै पठाउन आदेश दिएको हो ।
न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार यस्तो आदेश गरेको हो । रवि लामिछानेका तर्फबाट कानून व्यवसायी डा. नारायण घिमिरे, राजेन्द्र थापा र महेन्द्र पौडेलले बहस गरेका थिए भने नेपाल सरकारका तर्फबाट सहायक सरकारी अधिवक्ता सोमकान्त भण्डारी, प्रेमप्रसाद पौडेल, हिरालाल भोलन र दामोदर गौतमले बहस गरेका थिए ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका रविले आफ्नो भागमा लगाइएको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत राखेर थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने गरेको मागमा अदालतले उनलाई थुनामै पठाउने आदेश गरेको हो ।
जिल्ला अदालतले उक्त निवेदनमा ‘माग बमोजिम नहुने’ आदेश गरेसँगै रवि पक्षका कानुन व्यवसायी भने उच्च अदालतमा पुनरावेदन गर्ने तयारीमा छन् ।
रवि लामिछानेकै पक्षबाट अदालतमा बहस गरेका अधिवक्ता महेन्द्र पाण्डेले जिल्ला अदालतको निर्णयमाथि पुनरावेदनका लागि हप्तादिनमै उच्च अदालतमा जाने बताएका छन् ।
गत साउन १९ गते अदालतमा निवेदन दिँदै उनले आफू सहकारी ठगीमा संलग्न नभएको तर बचतकर्ताको रकम फिर्ताको सुनिश्चितताका लागि सहयोग गर्न तयार रहेको जिकिर गरेका थिए ।
यसअघि गत मंगलबार र बुधबार रवि आफैँले पेशी स्थगित गराएका थिए । यसपटक भने पेशी चढेसँगै उनको मागमा आदेश आएको हो ।
यसअघि न्यायाधीश प्रह्लादकुमार योगीले जिल्ला अदालतको शुरू मुद्दामा रविलाई एक करोड धरौटीमा छुट्न आदेश दिएका थिए ।
बुटबलको सुप्रिम सहकारीबाट विभिन्न व्यक्तिको नाममा ६४ करोड २९ लाख रुपैयाँ ऋण प्रवाह भएकामा रविको नाममा २ करोड ऋण प्रवाह भई कर्मचारी रोशनी गुरुङको नामबाट गोर्खा मिडियोमा डिपोजिट भएको थियो ।
जसलाई फर्जी कागजातका आधारमा निकालिएको ऋण भनी लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए । अभियोगपत्र अनुसार, सुप्रिम सहकारीबाट गोर्खा मिडिया प्रालिमा करिब साढे ६ करोड रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ ।
रवि २०७७ साल कार्तिक २ गतेदेखि २० महिना गोर्खा मिडिया प्रालिमा आवद्ध भएर प्रवन्ध निर्देशक, सञ्चालक र शेयरधनीसमेत भएकाले सुप्रिम सहकारीमा भएको हिनामिनामा उनीमाथिसमेत मुद्दा चलेको हो ।
यता उनलाई निर्दोष भएको दाबीसहित रास्वपाले हस्ताक्षर अभियानसमेत चलाएको छ ।



सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला