भारतको उत्तराखण्डमा बाढीपहिरोमा परी बेपत्ता भएका २६ नेपाली सूची सार्वजनिक

पहिरो

भारतको उत्तराखण्डमा बाढीपहिरोमा परी बेपत्ता भएका २६ नेपाली सूची सार्वजनिक

uttarakhanda

काठमाडौं : भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली बेपत्ता भएको पुष्टि भएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले बेपत्ता हुनेहरूको नामावली सार्वजनिक गर्दै साउन २० र २१ गतेको बाढी पहिरोमा परी २६ जना बेपत्ता भएको जानकारी दिएको छ। जसमा उत्तरकाशीमा २१ जना र पौडी गढवालमा पाँच जना रहेको दूतावासको भनाइ छ।

उत्तरकाशीमा जनकबहादुर शाही, रवि सिंह (२४ वर्ष), करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दीपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह (१८ वर्ष) र रामबहादुर हराइरहेका छन्।

त्यस्तै पौडी गढवालमा नरेन्द्र खड्का, अमृता परियार, रोमन खड्का, सन्ध्या खड्का र विमल विक हराइरहेका दूतावासले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ