काठमाडौं । प्रधानमन्त्री केपी ओलीले रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा कारबाही प्रक्रिया अघि बढाउँदा राजनीतिक प्रतिशोध राखेको जबरजस्त भाष्य बनाउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वमन्त्री, सासद, मेयरलगायत अन्य व्यक्तिहरुलाई पनि अदालतले थुनामा पठाएको बताए। उनले भने, ‘लाखौं जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ । तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारवाही हो ? अर्बौं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुनकुन व्यक्तिमाथिको थुना जायज हो ?’
भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने भन्दै त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि टिप्पणी गरे।
उनले भने, ‘यस्ता कुरालाई लिएर लगातार संसद् अवरुद्ध गरी विस्मयकारी, भावनात्मक र हानीकारक उत्तेजनाको एकालापमा मुलुकलाई लैजानु कदापि उचित हुँदैन । स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात हुँदैन । संसद्, सरकार, न्यायालय लगायत आफ्नो काम गर्नु पर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरुलाई पेशेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट वचाउनु पर्छ । लोकतान्त्रिक शक्तिहरुले यो काम गर्नै पर्छ ।’
भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेको बताए।
उनले थपे, ‘यसका पछाडी मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।’
प्रधानमन्त्रीले भने–सहकारी ठगीमा धेरै जनप्रतिनिधि र नेता कार्यकर्ता जेलमा छन्, रविलाई प्रतिशोध साँधिएको हो भने अरुलाई के गरेको भन्ने ? सयौं व्यक्तिमाथि पूर्वमन्त्री,पूर्व सांसद,मेयर लगायत विभिन्न ओहोदा रहेका दर्जनौं व्यक्तिमाथि मुद्दा चलेको छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएका एकजनामाथि प्रतिशोध साँधेको भनेर जबर्जस्त भाष्य बनाउन खोजिएको छ । त्यसो भए अरुमाथि के भएको हो त?सत्तापक्षका मानिस पनि थुनिएका सरकारले भनेरै हो त ?
अर्कोतिर भिजिट भिसाको बारेमा देशको बदनाम गराउन खोजिएको छ । भिजिट भिसामा गएर उतैको नागरिकता लिएर,नेपालमा आएर नागरिकता पुनः प्राप्त नगरी मन्त्रीसम्म भएका प्रमाणित अभियुक्त र भिजिट भिसामै गएर उतै २ पटक विहे गरेकाले समेत अन्तर्राष्ट्रिय विमानस्थलबाट प्लेन चढने सबै मानिस बेचिए भन्ने ढंगले इमोशनल ब्ल्याकमेलमार्फत स्वार्थको रोटी सेक्दैछन् । भिडद्धारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्ने यस्ताका पछि लागेर कुद्ने भिड अचम्ममात्र होइन दयालाग्दो छ ।संसद,सरकार,न्यायलयलगायत सबै अंगलाई पेशेवेर मास म्यानिपुलेसनको आक्रमणबाट बचाउनुपर्छ ।
संसद्मा भारी बहुमत छ, कांग्रेससँगको सहकार्य ०८४ को निर्वाचनसम्म जान्छ
प्रधानमन्त्री केपी ओलीले कांग्रेस एमालेको समीकरण ०८४ को चुनावसम्म जाने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरु मिलेर सरकार बनाएको बताए।
उनले भने, ‘विपक्षमा रहेका दलहरुलाई स्थिरता कति अप्रिय लागेको हो ? प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरु समेत यस सरकारमा सहभागि छन्। सरकार बनाउने संसद्को गणितले हो। बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि? देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन । म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो