जोमसोम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औँ स्थापना दिवसको अवसरमा बिहीबार यहाँ वृक्षारोपण गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखा मुस्ताङको आयोजना तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको समन्वय र सहकार्यमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।
यहाँको घरपझोङ–४ जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय पछाडि शालग्राम उद्यान पार्कमा वृक्षारोपण कार्यक्रम गरिएको शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले जानकारी दिए । नेपालका आदिवासी जनजातिहरूको समुत्थान र विकासमा पत्रकारिताको माध्यमबाट क्रियाशील संस्थाको स्थापना दिवसको सन्दर्भमा यहाँ वृक्षारोपण गरिएको अध्यक्ष थकालीले बताए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले यहाँ आयोजित कार्यक्रममा खाल्डोमा बिरुवा रोपण गरी गमलामा जलसेचन गरेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरे ।
वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै प्रजिअ भुसालले यहाँ रोपण गरिएको बिरुवाले अक्सिजन दिएर प्राणीहरूलाई बचाउने काम गरे जस्तै पत्रकारहरूले निष्पक्ष पत्रकारितामार्फत समाजलाई गतिशील दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निभाउन आवश्यक रहेको औँल्याए । उनले पत्रकारिताका माध्यमबाट अग्रगामी परिवर्तन र सुशासन कायम गराउन योगदान रहने भएकाले पत्रकारहरू त्यसतर्फ अघि बढ्नुपर्ने सुझाए ।
फोनिजको स्थापना दिवसको अवसरमा मुस्ताङको जोमसोमस्थित शालग्राम पार्कमा सल्ला, धुपी र ओखरका गरी ६० वटा बिरुवा रोपण गरिएको शाखाका उपाध्यक्ष सुशील थकालीले जानकारी दिए ।
फोनिज शाखा अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षतामा आयोजित वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख विष्णुहरि पण्डित, पत्रकार महासंघ मुस्ताङ शाखा अध्यक्ष सुनदेवी रसाइली, एक्याप प्रतिनिधि दीपक ओली लगायत फोनिज शाखाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । वृक्षारोपण शुभारम्भ कार्यक्रमको सञ्चालन शाखा उपाध्यक्ष सुशीलबाबु थकालीले गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर