पोखरामा आज सबेरै भएको सवारी दुर्घटनामा दुई युवक गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका वडा नं २१ का २२ वर्षीय सुजन गौतम र पोखरा-१७ विरौटाका २२ वर्षीय सुगम श्रेष्ठ रहेका छन् ।
बिहान ५ः५५ बजेको समयमा पोखरा १७ मुस्ताङचोकमा भएको दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख डीएसपी नवराज भट्टराईले जानकारी दिए ।
पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ग १ ख ७९२९ नं.को टिप्परमा राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटा तर्फ जादै गरेको प्र.३–०२–०१३ प ५८०४ नं.को मोटरसाइकल ठक्कर खाएको थियो ।
घाइते दुवैको टाउकोमा चोट हुनाले अवस्था गम्भिर रहेको र सिटी स्क्यान रिपोर्टको पर्खाईमा रहेको डिएसपी भट्टराईले गण्डकन्यूजसँग बताए ।
वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको कमाण्डमा ११ जनाको टोली खटिएर दुवै सवारी साधन र टिप्परलाई नियन्त्रणमा लिइएको भट्टराईले जनाए ।
टिप्पर चालक धादिङ रोराङ गाउँपालिका ८ घर भएको बर्ष ४३ को मित्रलाल श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा छन् । घुम्तीमा मोटरसाइकल तीव्र गतिमा हुनाले टर्निङ काट्न नसकी टिप्पर मुनी पर्न गएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस