पोखराको मुस्ताङचोक दुर्घटना अपडेट: गम्भीर घाइते गौतमको मृत्यु

दुर्घटना

पोखराको मुस्ताङचोक दुर्घटना अपडेट: गम्भीर घाइते गौतमको मृत्यु

श्रेष्ठको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार हुँदै

tipper-bike-accid

पोखरा मुस्ताङचोकमा आज बिहान सवारी दुर्घटनामा परी घाइतेमध्ये एक युवकको मृत्यु भएको छ । अर्का युवकको उपचार जारी छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका पोखरा महानगरपालिका वडा नं. २१ घर भइै हाल ड्यामसाइड बस्ने २२ वर्षीय सुजन गौतमलाई गण्डकी मेडिकल कलेजले बिहान १०:५० बजे मृत घोषणा गरेको हो ।

अर्का घाइते पोखरा १७ बिरौटा बस्ने २२ वर्षीय सुगम श्रेष्ठको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बिहान करीब ६ बजे पोखराको मुस्ताङचोकमा पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको टिप्परसँग राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको मोटरसाइकल जुधेर दुर्घटनाग्रस्त भएको थियो ।

ग १ ख ७९२९ नम्बरको टिप्पर र प्र ३–०२–०१३–प ५८०४ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।

टिप्पर चालक धादिङको रोराङ गाउँपालिका ८ घर भएका ४३ बर्षिय मित्रलाल श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ