एकीकृत समाजवादीमा वामदेव गौतमलाई तेस्रो वरीयता

एकीकृत समाजवादीमा वामदेव गौतमलाई तेस्रो वरीयता

गौतम पक्षका ३ जना बने पोलिटब्युरो सदस्य, १३ जनालाई केन्द्रीय सदस्य

madhav-bamdev-1

नेकपा एकीकृत समाजवादीले सम्मानित नेता वामदेव गाैतमलाई तेस्रो वरीयतामा राख्दै सचिवालय सदस्य बनाएको छ।

एकीकृत समाजवादीको सचिवालय बैठकले उनलाई तेस्रो वरीयता दिएको हो। वामदेवलाई एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरीयतामा राखिएको हो।

गौतम हालै मात्र एकीकृत समाजवादीमा समाहित भएका थिए।

गौतम पक्षका उनकी पत्नी तुलसी थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गरेको छ ।

गौतम पक्षका १३ जनालाई केन्द्रीय सदस्य बनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ