प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भवितव्यले खुलेका पार्टीहरू देशमा अराजकता फैलाउन उद्दत रहेको टिप्पणी गरेका छन्।
शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
केही पार्टीहरूले आफूलाई नयाँ भन्दै जनतामा भ्रम फैलाइरहेको उल्लेख गर्दै यसतर्फ नागरिक स्वयं सचेत रहनुपर्ने तर्क गरे। उनले मुलुकको शान्ति व्यवस्था खल्बल्याउन तथा देशलाई प्रतिगमनतिर लैजान समेत प्रतिगामी तत्वहरु सक्रिय रहेको उल्लेख गरे।
विगतमा भएका राजनीतिक घटनाहरूको स्मरण गर्दै उनले केही शक्तिहरू त्यस्तै घटनाहरू दोहोर्याउने हेतुले राजतन्त्र फर्काउने अभियानमा लागिरहेको टिप्पणी गरे।
उनले नेपाली नागरिकलाई सुखि र मुलुकलाई समृद्ध बनाउन ढिला भइसकेकोले नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए।
उनले भने, ‘देशमा शान्ति सुव्यवस्था खल्बलियोस् भनेर भड्काउने, देशलाई प्रतिगमनतिर लान पाइयोस् भन्ने, राणाकाल र राजतन्त्र उस्ताउस्तै हुन्। ०५८ सालमा दरबार हत्याकाण्डजस्ता घटना भए। त्यसपछि पनि जनताको अधिकार खोसेर, नेताहरुलाई थुनेर, मुद्दा लगाएर निर्वाचित प्रधानमन्त्रीलाई हटाएर यस्तै यस्तै क्रियाकलाप गरेको हामीले देखेका छौं। यस्तै अँध्यारा दिनहरु फर्काउन केही तत्वहरु लागिरहेका छन्। केही तत्वहरु देशमा अराजकता फैलाउन कुदिरहेका छन्। आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराखेका छन्। भवितव्यले खुलेका पार्टी नयाँ त हुने नै भए।’
कानुन र संवादको माध्यमबाट निष्कर्षमा पुगिने कुराहरुमा जोरजोलुम गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने पनि प्रधानमन्त्री ओलीले बताए।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो