कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

kuwait

कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका गरिएको छ।

हालसम्म मृत्यु हुने २३ मध्ये १६ जनाको नेपाली राष्ट्रियता खुलेको र बाँकी भारतीय नागरिक रहेको पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लले विज्ञप्तिमार्फत् जनाएका छन् ।

यद्यपी, मृतकका विषयमा थप विवरण केही पनि सार्वजनिक गरिएको छैन। कुवेत सरकारले अनुसन्धान भइरहेको बताएको छ ।

मदिरा सेवनपछि बेहोस भएका १६० जनाभन्दा बढी आप्रवासी श्रमिक विभिन्न अस्पतालका सघन उपचारकक्षमा रहेको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds