गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश स्वास्थ्यको हब बन्ने चरणमा रहेको दाबी गरेका छन् ।
गोरखामा निजी स्तरबाट निर्माण भएको सुविधासम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ कार्यक्रममा उनले गोरखामै सय शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि चितवन, पोखरा र काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको जिकिर गरे ।
ठूलो लगानीमा पहाडी जिल्लामा अस्पताल सञ्चालन गरेको भन्दै चितवन र गोरखाका व्यवसायीलाई धन्यवाद दिँदै उनले निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए ।
साथै, उनले मुख्यमन्त्री पाण्डेले स्वास्थ्य सेवा सबै जनताको पहुँचमा पुग्नुपर्ने पनि जिकिर गरे । चितवन र गोरखाका व्यवसायीहरु मिलेर ५५ करोडको लागतमा एनपीआई गोरखा अस्पताल निर्माण गरेका हुन् ।
२०७७ साल माघ ५ गतेबाट निर्माण शुरु गरेको अस्पताल गतवर्ष नै निर्माण सम्पन्न भएपनि भवन पास (निर्माण सम्पन्नताको प्रमाणपत्र) प्राप्त हुन समय लागेका कारण सञ्चालनमा ढिलाइ भएको थियो ।
९ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा बहिरंग र अन्तरंगका साथै छुट्टाछुट्टै क्याविन समेत निर्माण गरिएको छ ।
जिल्लामा नै पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको जनाएको छ । अस्पतालले सुरुमा विशेषज्ञ चिकित्सकहरु सहित फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने अस्पतालका प्रवन्ध निर्देशक पुष्पराज धितालले जानकारी दिए ।
उनकाअनुसार अस्पताल आउने बिरामीले नाक, कान, घाँटी छालारोग र नशा तथा मानसिक रोगका चिकित्सक सेवा समेत पाउनेछन् ।
सम्बन्धित खबर
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो