काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताको एउटा तस्बिरलाई लिएर नेकपा (एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् ।
उक्त तस्बिरमा मिस्री प्रधानमन्त्रीसँग भेट्दा खुट्टा चडाएर बसेको देखिन्छ, जसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया निम्त्याएको छ ।
नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन। प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ ।’
उनले व्यक्तिगत सहजता देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउने उल्लेख गरेका छन् । कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउने बताएका छन् ।
‘व्यक्तिगत सहजता जस्तो देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउँछ। कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ देखाउँछ भन्ने कुरा नबिर्सौं ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
भारतीय विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणमा छन् ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर