घरको बाकसभित्र मृत भेटिए स्याङ्जा द्वारभञ्ज्याङका १३ वर्षीय बालक

घटना

घरको बाकसभित्र मृत भेटिए स्याङ्जा द्वारभञ्ज्याङका १३ वर्षीय बालक

waling 5

स्याङ्जा । वालिङ नगरपालिका–५ द्वारभञ्ज्याङमा एक बालक बाकसभित्र मृत अवस्थामा भेटिएका छन्। तेह्र वर्षीय निशान थापा आफ्नै घरको बाकसमा मृत भेटिएको बताइएको छ। निशान सरस्वती आधारभूत विद्यालय मिनाङकोटमा कक्षा ८ मा पढ्दै थिए।

आइतबार परीक्षा सकेर उनी घर फर्किएका थिए। घरमा उनकी बहिनी मात्रै थिइन्। उनकी आमा छिमेकीको मेलामा गएकी थिइन्। मेलाबाट फर्केपछि आमाले छोराको खोजी गर्दा भेटिनन्। खोजी गर्ने क्रममा आटीमा राखिएको बाकसभित्र निशानको शव फेला परेको थियो।

घटनाबारे जानकारी पाउनासाथ आइतबार राति नै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ राखिएको छ।

विशेषज्ञबाट पोष्टमार्टम गर्नुपर्ने जनाउँदै शव परीक्षणका लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरी भनाइ छ। घटनास्थललाई प्रहरीको निगरानीमा राखिएको छ। प्रहरीले अनुसन्धान जारी राखेको प्रनाउ चौधरीले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ