काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टीतेल छर्कने काम भइरहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरू रहेको बताउँदै जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम गरिरहेको टिप्पणी गरे ।
‘यो बेलामा नेपाली समाजभित्र पूरा असन्तुष्टि छ । आगो बलेको जस्तो भएको छ । जता गएपनि हामी कहीँ न कहीँ रिस, आक्रोश, असन्तुष्टि देख्छौं,’ महामन्त्री थापाले भने, ‘त्यो असन्तुष्टिको आगोमा मट्टितेल खन्याएको खन्याइ छन् । मट्टितेल ल्याएका छन्, पेट्रोल हालेका छन्, जेजे हालेका छन् । दन्दनी बालिरहेका छन् । कसले गरिरहेको छ, किन गरिरहेको छ ?’
तर आगो सल्काउन मद्दत गर्नेहरूमाथि मात्रै प्रश्न गरेर नहुने भन्दै जनताका आक्रोशहरू समाधान गर्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । कांग्रेसले त्यसको तागत राख्ने पनि उनको भनाइ छ ।
‘हामी तिनलाई चिन्छौँ, थाहा छ । कसले, किन गरिरहेको छ, त्यसको भाषा के छ, तिनलाई चिन्नुपर्छ । प्रश्न गर्नुपर्छ,’ थापाले अघि भने, ‘असन्तुष्टिको आगोमा कसले मट्टितेल खन्याएको छ, त्यसतर्फ मात्रै औंला ठड्याएर हुँदैन । असन्तुष्टिको आगो किन बलिरहेको छ, त्यसलाई बुझाउनुपर्छ । हाम्रो जिम्मेवारी हो । त्यो तागत हामी राख्छौँ ।’
महामन्त्री थाापले काम र परिणामबाट असन्तुष्टिको आगो निभाउनुपर्ने बताए ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
बालेन्द्र साहले चैत १४ गते प्रधानमन्त्रीको सपथ लिने सम्भावना
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर