पोखरा १४ का सयौँ महिला भेला भएर तीज विशेष कार्यक्रम मनाए

तीज विशेष

पोखरा १४ का सयौँ महिला भेला भएर तीज विशेष कार्यक्रम मनाए

प्रदेश सभा सदस्यद्वय गुरूङ र नेपालीलाई सम्मान

pkr 14 teej 2082 (2)

पोखरा महानगरपालिका वडा नं. १४ कार्यालयले वडाबासी महिलाहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रम मनाएको छ ।

वडा कार्यालय परिसरमा गरिएको तीजे दर खाने कार्यक्रममा वडाका २ हजार जति महिला दिदीबहिनी सहभागी भएको वडा अध्यक्ष बोधबहादुर कार्कीले जानकारी दिए ।

वडामा ५५ वटा महिला तथा आमा समूह रहेको र प्रायः सबैको सहभागिता रहेको कार्कीले जनाए । तीज विशेष कार्यक्रममा वडा नं. १४ निवासी गण्डकी प्रदेशसभा सदस्यद्वय सरस्वती गुरुङ र नन्दकला नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रदेशसभा सदस्य गुरुङले अब महिला देश हाँक्न सक्षम भइसकेको बताउँदै महिला सशक्तीकरणका लागि महिलाहरु सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिइन् । महिलाको मुद्धामा सबै लाग्नुपर्ने उनको भनाई थियो ।

प्रदेशसभा सदस्य नेपालीले तीज तडकभडक रहित तरिकाले मनाउनुपर्ने बताउँदै महिलाहरुले हक अधिकारका लागि यसलाई आवाज उठाउने आधार बनाउनुपर्ने बताइन् । समाजका हरेक कार्यक्रममा महिलाको उल्लेख्य सहभागिता रहेको उनको भनाई छ ।

नारी कल्याण आमा समूह अध्यक्ष सिर्जना पोखरेलले वडाले सम्झिएर सबैलाई एक ठाउँमा भेला हुने वातावरण तयार गरेकोमा धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा प्रमुख अतिथिद्वयलाई दोसल्ला ओढाएर सम्मानसहित नारी कल्याण आमा समूहले उत्कृष्टता हाँसिल गरेकोमा सम्मान पनि गरिएको थियो ।

वडा अध्यक्ष बोध बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य दिलमाया गुरूङ र सञ्चालन वडा सदस्य कृष्णहरि काफ्लेले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ