पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान थाल्ने सिचुवान एयरलाईन्सको तयारी

हवाई सेवा

पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान थाल्ने सिचुवान एयरलाईन्सको तयारी

sichuwan pokhara

तस्वीरः सुदर्शन रञ्जित

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने योजना सार्वजनिक गरेको छ ।

सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक प्रक्रिया पूरा गरेर अनुमति लिने तयारी थालेपछि यो खुलेको हो ।

प्राधिकरणका अनुसार सिचुवान एयरलाइन्स पोखराबाट उक्त गन्तव्यमा उडान गर्न तयार भएको छ । त्यसका औपचारिक रुपम प्रक्रिया टुङ्गाउने विषयमा द्विपक्षिय छलफलमा भइरहेकोले छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट आउने पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार भैरहबाट पनि उडान गर्न कुवेतका वायुसेवा कम्पनी जजीरा एयरलाइन्स तयारी गरिरहेको जजीराले हाल कुवेतबाट काठमाडौं उडान गर्दै आएको र भैरहवामा जान प्राधिकरणले दबाब दिइरहेको छ भने यस अघि पनि काठमाडौंमा हुने उडान संख्या कटौती गरेरै भैरहवाका पठाएको थियो । प्राधिकरणले यो वायुसेवलाई भैरहवाबाट उडान गर्न गरेको प्रोत्साहनसहितको कारण यसले आगामी डेढ महिनाभित्रै भैहरवाबाट उडान गर्ने तयारी गर्दै छ ।

प्राधिकरणका अनुसार भैहरवाबाट जजीरा र पोखराबाट सिचुवान एयरलाइन्सले उडान सुरु गरेपछि दुबै विमानस्थलमा अरु विदेशी वायुसेवा पनि आकर्षित हुने छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ