शिक्षा विधेयकप्रति असन्तुष्ट शिक्षक महासंघले भदौ ९ देखि आन्दोलन गर्ने

आन्दोलन

शिक्षा विधेयकप्रति असन्तुष्ट शिक्षक महासंघले भदौ ९ देखि आन्दोलन गर्ने

teacher-13

काठमाडौँ — नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पूर्वसहमतिबमोजिम शिक्षा क्षेत्रका समस्या समाधान गर्ने गरी विधेयक ल्याउनुपर्नेमा त्यस्तो नभएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको हो।

भदौ ९ गतेदेखि देशभर एक साथ आन्दोलन गर्ने घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

उनका अनुसार आन्दोलनका कार्यक्रमअन्तर्गत पहिलो चरणमा स्थानीय तह, राजनीतिक दल, शिक्षामन्त्री र प्रधानमन्त्रीलाई आफ्ना मागहरू जानकारी गराउने, ध्यानाकर्षण दिने र त्यसपछि पनि मागहरू पूरा नभए भदौ २१ गतेदेखि निषेधात्मक निर्णायक आन्दोलन गर्ने तयारी छ।

उक्त विधेयक संसद्‌को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलपछि बिहीबार पारित भइसकेको छ। अब प्रतिनिधिसभामा पेस हुनेछ।

त्यसअघि बिहीबारदेखि निजी विद्यालय सञ्चालकहरूले आन्दोलन सुरू गरिसकेका छन् भने शिक्षक महासंघले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। शिक्षकहरूले यसअघि गत चैत १५ देखि २९ दिनसम्म निरन्तर आन्दोलन गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ