स्याङजाको कालिगण्डकी गाउँपालिका –०७ आरुखर्कस्थित जिरो–मिर्मी भित्री पक्की सडक खण्डमा आइतबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
गल्याङबाट मिर्मीतर्फ जाँदै गरेको लु १ ज ३१७४ नम्बरको बोलेरो (डबल क्याप) जिप दिउँसो करिब १ बजे सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि कालिगण्डकी अस्पताल मिर्मी स्याङजा पठाइएको छ ।
इलाका प्रहरी कार्यालय जयपते र प्रहरी चौकी बिर्घाबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । घाइतेमध्ये १२ महिला, ८ पुरुष र २ जना बालबालिका रहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले बताए ।
दुर्घटनामा गाडी चालक गल्याङ नगरपालिका –७ चोकका ३७ वर्षीय लोकबहादुर सिंजालीसहित २० जना घाइते भएका छन् । घाइतेमध्ये कतिपयको अवस्था सामान्य भए पनि केहीलाई टाउको, खुट्टा र शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको विवरणअनुसार कालिगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिका, पाल्पा र गुल्मीका बासिन्दा सवार थिए । घाइतेमध्ये लक्ष्मी थापा, कृष्ण राना, अप्सरा सुनार, रुपम राना, आरोही भण्डारी र तारापती पाण्डेसहित कैयौंको अवस्था मध्यम रहेको छ ।
हाल घटनास्थलमा प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, चारजना घाइते
भीमफेदीको जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो