स्याङजाको कालिगण्डकी गाउँपालिका –०७ आरुखर्कस्थित जिरो–मिर्मी भित्री पक्की सडक खण्डमा आइतबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
गल्याङबाट मिर्मीतर्फ जाँदै गरेको लु १ ज ३१७४ नम्बरको बोलेरो (डबल क्याप) जिप दिउँसो करिब १ बजे सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि कालिगण्डकी अस्पताल मिर्मी स्याङजा पठाइएको छ ।
इलाका प्रहरी कार्यालय जयपते र प्रहरी चौकी बिर्घाबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । घाइतेमध्ये १२ महिला, ८ पुरुष र २ जना बालबालिका रहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले बताए ।
दुर्घटनामा गाडी चालक गल्याङ नगरपालिका –७ चोकका ३७ वर्षीय लोकबहादुर सिंजालीसहित २० जना घाइते भएका छन् । घाइतेमध्ये कतिपयको अवस्था सामान्य भए पनि केहीलाई टाउको, खुट्टा र शरीरमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको विवरणअनुसार कालिगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिका, पाल्पा र गुल्मीका बासिन्दा सवार थिए । घाइतेमध्ये लक्ष्मी थापा, कृष्ण राना, अप्सरा सुनार, रुपम राना, आरोही भण्डारी र तारापती पाण्डेसहित कैयौंको अवस्था मध्यम रहेको छ ।
हाल घटनास्थलमा प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
सम्बन्धित खबर
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर