फैसला कार्यान्वयनमा कडाइ: फरार कसूरदार पक्राउ, जरिवाना असुली

पक्राउ

फैसला कार्यान्वयनमा कडाइ: फरार कसूरदार पक्राउ, जरिवाना असुली

file pic-Arrested

अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङले संयुक्त रूपमा सञ्चालन गरेको विशेष अपरेशन अन्तर्गत फरार कसूरदार पक्राउ परेका छन् ।

भदौ ९ गते सोमबार खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मितिमा फैसला भई जरिवाना भुक्तान नगरेर फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरी जरिवाना असुलको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरेको हो ।

पक्राउ परेकामध्ये स्याङ्जा पुतलीबजार नगरपालिका –१३ का सन्त बहादुर दर्जी अंशवण्डा मुद्दामा दोषी ठहर भएका थिए । उनले ६ हजार ४४५ रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको थियो । त्यस्तै, भीरकोट नगरपालिका –२ का टोपलाल बिकको मृत्यु लगत कट्टासहित लुटपाट तथा कुटपिट मुद्दामा संलग्न रहेकोमा ५२७ रुपैयाँ ७७ पैसा जरिवाना तिर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुवै जनाबाट असुल गर्नुपर्ने जरिवाना रकम जम्मा ६ हजार ९७२ रुपैयाँ ७७ पैसा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले अदालतको फैसला पूर्ण कार्यान्वयन गरी सुरक्षित र न्यायपूर्ण समाज निर्माणलाई सुनिश्चित गर्न प्रहरी सक्रिय रूपमा लागिपरेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ