अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिएर आफूले पछिल्लो भारत पाकिस्तान युद्ध रोकेको दाबी गरेका छन् ।
बुधबार ह्वाइट हाउसमा आफ्नो क्याबिनेट बैठकका क्रममा ट्रम्पले भारतसँग व्यापार सम्झौता रद्द गर्ने र सोच्नै नसक्ने कर लगाइदिने चेतावनी दिएपछि युद्ध विरामका लागि बाध्य भएको बताए ।
उनले भारत पाकिस्तान युद्धका क्रममा ७ वटा लडाकु विमान खसालेको बताए । यद्यपि उनले कसका लडाकु विमान खसालिए भनेका छैनन्,तर अमेरिकी मिडियाले भने भारतका कम्तीमा ४ वटा फ्रान्समा बनेका लडाकु विमान खसालेको दाबी गरेका थिए ।
बैठकमा सम्बोधन गर्दै ट्रम्पले भने- म एकजना खास शानदार व्यक्तिसँग कुरा गरिरहेको थिएँ, उनी भारतका मोदी थिए । मैले उनलाई के हालचाल छ भनेर सोध्दा पाकिस्तानसँग धेरै घृणा फैलिएको छ र यो लामो समय लडाई जानसक्छ भनेका थिए । मैले भने कि, भोलि फेरि मलाई फोन गर्नुस् तर एउटा कुरा के याद गर्नु भने तपाईँहरूसँग हाम्रो कुनै व्यापार डिल हुँदैन । म यति कर लगाइदिन्छु कि तपाईँको टाउको रन्थनिएर घुम्नेछ । यति भनेपछि उनीहरू ५ घण्टामै युद्ध विरामका लागि तयार भए । मैले यस्तै धम्की पाकिस्तानलाई पनि दिएको थिएँ ।
अमेरिकी राष्ट्रपतिले पटकपटक यसबीचमा आफूले भारत पाकिस्तान युद्ध रोकेको दाबी गरिरहेका छन् । भारतले पनि सिधै उनको दावीलाई स्वीकार गरेको छैन । त्यसो त भारत-पाक युद्ध विरामको घोषणा पनि अमेरिकाले नै गरेको थियो ।
पछिल्लो समय भारतमाथि अमेरिकाले ५० प्रतिशत कर लगाएको छ । रुससँग तेल खरिद गरेको भन्दै उसले कर बढाएको हो । यदि रुसी तेल खरिद कायम राखेमा अहिलेको कर बढ्न चेतावनी समेत दिएपछि भारत पछिल्लो समय चीन र रुससँग नजिकिएको छ । भारतलाई ५० प्रतिशत कर लगाएको अमेरिकाले पाकिस्तानलाई भने २४ प्रतिशत लगाएको छ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
बंगलादेशको सत्ता छाड्दा युनुसले नेपाल र सेभेन सिस्टर्सको प्रसंग उठाएपछि भारतमा तरङ्ग
बंगलादेश चुनावमा विद्यार्थी विद्रोहबाट स्थापित नयाँ दलले ६ सिट जित्दा पुरानालाई दुई तिहाई
बंगलादेशमा बीएनपीलाई बहुमत, १७ वर्षपछि देश फर्किएका खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर