स्याङ्जामा अवैध नदीजन्य पदार्थ उत्खनन्, तीन ट्याक्टरसहित चालक पक्राउ

स्याङ्जामा अवैध नदीजन्य पदार्थ उत्खनन्, तीन ट्याक्टरसहित चालक पक्राउ

Tractor-niyantran-bheerkot-waling

स्याङ्जाको आँधीखोलाको किनारमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले तीन ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गए राति विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र मातहतका टोलीले वालिङ नगरपालिका –१ ओडारेस्थित आँधीखोलाबाट दुईवटा ट्याक्टर र चालक तथा भीरकोट नगरपालिका –४ बगरस्थित आँधीखोलाबाट एक ट्याक्टरसहित चालक पक्राउ गरेको हो सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

यसक्रममा ग १ त ४९४१, ग १ त ४४८९ र ग १ त ४८६० नम्बरका जम्मा तीनवटा ट्याक्टर र तीन चालक नियन्त्रणमा परेका छन् । पक्राउ परेकामा बाँके र पाल्पाका स्थायी घर भई हाल स्याङ्जामा बसोबास गर्ने २४ वर्षीय सोभिराम थारु, ३२ वर्षीय बलबहादुर थारु र २९ वर्षीय दुर्गा बहादुर सिंजापती रहेको प्रहरीले जनाएको छ । तर सवारीधनी बारे प्रहरीले केही खुलाएको छैन ।

प्रहरीका अनुसार अनुगमनका क्रममा भीरकोट नगरपालिका –४ छाङ्छाङ्दी बगरमा ५६७.५ घनमिटर बालुवा, र भीरकोट नगरपालिका –४ तथा वालिङ नगरपालिका –११ मा १९७७.३५ घनमिटर बालुवा संकलन गरी राखिएको अवस्थामा फेला पारिएको हो ।

सो अनुगमनमा जिल्ला समन्वय समिति उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, भीरकोट नगरपालिकाका प्रमुख, पत्रकार तथा स्थानीयबासीको उपस्थितिमा संकलित सामग्री जफत गरिएको थियो ।

प्रहरीले पक्राउ परेका चालक, ट्याक्टर र जफत गरिएका नदीजन्य पदार्थसम्बन्धी थप अनुसन्धान र कानुनी प्रक्रिया सम्बन्धित पालिकामार्फत अघि बढाइएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ