ओली र देउवा मिले, रास्वपा हामीले बचाउनुपर्ने भयो: प्रचण्ड

राजनीति

ओली र देउवा मिले, रास्वपा हामीले बचाउनुपर्ने भयो: प्रचण्ड

Prachanda-Biratnagar

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बचाउने जिम्मेवारी लिइएको बताएका छन् ।

माओवादी कोशी प्रदेश सचिवालय बैठकमा रास्वपाप्रति प्रचण्डले सहनुभूति देखाइरहेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए ।

जवाफमा उनले रास्वपा बचाउनु आवश्यक रहेको बताए । केपी ओली र देउवा मिलेर गठवन्धन गरेपछि धेरै रिस उठेको र रास्वपालाई बचाउने जिम्मेवारी लिइएको प्रचण्डले उल्लेख गरे ।

‘ ओली-देउवा नेतृत्वको गठबन्धन बनेको बेला प्रतिपक्षलाई कमजोर बनाउने खेल भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्नु जरुरी भयो’, उनले भने।

रास्वपाले राम्रो राजनीतिक हस्तक्षेप गरेको भए पनि उनीहरूको काम गर्ने शैली र मिडियाबाजी धेरै भएको प्रचण्डको टिप्पणी छ । एमालेको ठाउँमा उभिँदा जनतालाई लाभ हुँदैन भन्ने सन्देश स्थापित गर्नुपर्ने र यसका लागि रास्वपाको समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds