वीरगन्ज पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले नेता कार्यकर्ताहरूले भव्य सम्मान गरेका छन्।
उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरुसँगको छलफल तथा अन्तरक्रियाका कार्यक्रमका लागि शनिबार बिहान ९ बजे वीरगन्ज पुगेकी भण्डारीलाई नेता कार्यकर्ताहरूले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका हुन्।
बिहान सिमरा विमानस्थलमा पनि स्वागत गर्नका लागि पनि नेता कार्यकर्ताहरू पुगेका थिए।
वीरगन्ज पुगे पछि पनि एमालेका नेता कार्यकर्ताहरू उनको सम्मानमा सहभागी भएका थिए। स्थानीय महिलाहरू पनि लामबद्ध भएर पूर्वराष्ट्रपति भण्डारीको सम्मानमा उपस्थित थिए।
भण्डारीलाई एमाले केन्द्रीय कमिटीले राजनीतिमा आउन रोक्ने निर्णय गरे पनि भण्डारी एमाले पूर्वउपाध्यक्षको हैसियतमा राजनीतिक गतिविधिमा व्यस्त छिन्।
गत असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीका दिन पनि पोखरेलले बोलेका थिए। सोही दिन भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन्। उनले आफ्नो सदस्यता नवीकरण भएको बताएकी थिइन्।
तर एमाले केन्द्रीय कमिटी बैठकले उनलाई राजनीतिमा फर्कन रोक लगाएसँगै सदस्यता स्वत: नवीकरण नभएको बताउने गरेको छ।
गत भदौ ५ गते नै भण्डारीले काठमाडौंको थापा गाउँमा सम्पर्क कार्यालय खोलेकी छन्।
Ncell
काठमाडौं महानगरका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर भण्डारीले मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समितिको कार्यालय प्रयोजनका लागि भन्दै सचिवालय खोलेकी हुन्।
एमाले अध्यक्ष केपी ओलीले अर्को वर्ष आउने जन्मदिन मनाउन असन्तुष्टहरू बोकेर कार्यालय खोलेको भन्दै कटाक्ष गरेका थिए।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर