पोखरा वडा नं. १४ मा रहेको कैलाश टोल विकास समितिको नवौं वार्षिक साधारणसभा तथा नवनिर्मित समाज भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्कीले समाज भवनको औपचारिक रूपमा रिबन काटेर उद्घाटन गरे ।
प्रमुख अतिथि वडाध्यक्ष कार्कीले कैलाश टोललाई १४ नं. वडाभित्रको अग्रणी एवं सक्रिय टोलको रूपमा प्रशंसा गरे । साथै, उनले टोलको समुन्नत विकासका लागि कुनै पनि राजनीतिक दलको कार्यकर्ता नभई स्थानीय बासिन्दा भई एकताबद्ध भएर काम गर्न आग्रह गरे ।

उनले वडा कार्यालयमा अहिले धेरैजसो काम कम्प्युटर प्रणालीगत रूपमा सञ्चालन भइसकेको जानकारी समेत गराए । यसैगरी सक्रिय र एकजुट भई काम गर्न सकेमा महानगर तथा प्रदेश सरकारबाट विकास योजना ल्याएर टोलको निर्माण गर्न सकिने धारणा पनि व्यक्त गरे ।
टोल विकास समितिका अध्यक्ष तिलक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा टोलका पूर्व अध्यक्षहरू समेतको उपस्थिति रहेको थियो ।समितिका सचिव राधिका बरालले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

यस कार्यक्रमले कैलाश टोलको सामाजिक, भौतिक तथा संस्थागत विकासमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति र सहभागिताले टोलमा एकताको बलियो सन्देश दिएको छ ।
उक्त अवसरमा एसईईमा उत्तीर्ण टोलका विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला