डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत

Petrol-diesel-prices-hiked

काठमाडौँ — नेपाल आयल निगमले डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेल लिटरमा ४ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ घटाउने निगम सञ्चालक समितिले निर्णय गरेको हो ।

निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ रुपैयाँ घटेको छ । साथै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभन पोइन्ट (बराबर मूल्य) बिक्री मूल्य कायम गरिएको छ ।

पेट्रोल र खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको निगमको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds