काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न पनि हरेक वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन् ।
अझै पनि पार्टीको काम पालिका तहसम्म मात्रै क्रियाशील रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न नसक्ने बताए ।
‘हामी श्रृंखलावद्ध कमिटी प्रणालीको रुपमा त्यसको जगको रुपमा टोल तहका कमिटीहरूको सञ्जाल निर्माण गर्ने कुरा आजको पार्टी निर्माणको मूल पक्ष बन्नुपर्दछ,’ महासचिव पोखरेलले भने, ‘टोल तहसम्म पार्टीलाई निर्माण गर्ने हो भने हरेक वडामा हाम्रो पार्टी कार्यालय स्थापना भएको हुनु पर्दछ ।’
पार्टीको नीतिअनुसार जनमत तयार गर्नसक्दा मुलुकमा राजनीतिक अस्थिरताको सबै भन्दा ठूलो समस्या अझै पनि रहेकाले त्यसलाई अन्त्य गर्नेगरी पार्टी कामलाई तल्लो तहसम्म पुर्याउन आवश्यक रहेको पनि बताए ।
महासचिव पोखरेलले वडालाई पार्टी कामको केन्द्र बिन्दु बनाउने कुराले मात्रै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्न सकिने पनि बताए ।
‘हरेक वडामा पार्टी कार्यालय निर्माण गर्ने र संचालन गर्ने सामर्थ्य जुटाउन सकेका छैनौ भने हामी स्वभाविक रुपमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको सामर्थ्य जुटाउन सकेका छैनौं,’ पोखरेलले भनेका छन्, ‘वडा तहमा पार्टी कार्यालय संचालन गर्ने सामर्थ्यले नै पार्टी निर्माणलाई टोल तहसम्म विस्तार गर्ने आधार प्रदान गर्दछ भन्ने कुरालाई हामीले बुझनु पर्दछ ।’
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु