संविधानसभा सदस्य कमला विश्वकर्माले विदेशमा उच्च शिक्षापछि स्वदेश फर्केर मातृभूमिलाई योगदान दिन सक्नुपर्नेमा जोड दिएकी छन् ।
जागरण मिडिया सेन्टरकी अध्यक्षसमेत रहेकी विश्वकर्माले अहिले ठूलो मात्रामा विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेशिएर उतै स्थायी बसोबास गर्दा मुलुकलाई नोक्सानी हुने बताइन् ।
‘विदेश जानु नराम्रो होइन । पढ्न, ज्ञान आर्जन गर्न विदेश जानु राम्रो हो । तर, त्यहाँ ज्ञान र सीप सिकेपछि आफ्नै देश फर्केर जिम्मेवार नागरिकका रुपमा योगदान गर्नुपर्दछ ।’ विश्वकर्माले भनिन् ।
यूके अध्ययनका लागि भिसा प्राप्त गरेका विद्यार्थीका लागि पोखराको जी एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको आयोजना गरेको प्रि–डिपार्चर ओरियन्टेशनमा विश्वकर्माले यस्तो बताएकी हुन् ।
४० भन्दा बढी सहभागी कार्यक्रममा मुख्य वक्ता असिम गुरुङ, जो यूकेबाट फर्केर यहाँ स्वप्ना बग रिसोर्ट सञ्चालन गरी युवा उद्यमीका रुपमा अघि बढेका छन्, उनले विद्यार्थी जीवन, विदेशमा रहँदा सामना गर्ने अवसर र चुनौतीबारे अनुभव साझा गर्दै आशालु र प्रेरणादायी सन्देश प्रदान गरे ।
जी एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत राजन पन्थीले सहजीकरण गरेका थिए । उक्त अवसरमा युके गइरहेका विद्यार्थीहरूलाई मायाको चिनो प्रदानका साथै यूकेमा रहँदा अध्ययन, संस्कृतिक अनुकूलन, दायित्व र अवसर सम्बन्धी जानकारीमूलक सत्र सञ्चालन भएको थियो ।
सिईओ पन्थीले विद्यार्थीहरूलाई विदेश पठाउने मात्र होइन, नयाँ परिवेशमा आत्मविश्वासका साथ अघि बढ्न सक्षम बनाउने लक्ष्य लिएको बताए ।

सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु