सुडानको पश्चिमी डारफर क्षेत्रमा गएको पहिरोले एउटा गाउँ नै बगाएको छ । उक्त पहिरोमा परेर एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको छ ।
सुडान लिबरेसन मुभमेन्ट–आर्मीले विज्ञप्ति जारी गर्दै यो घटना मध्य डारफरको मार्राह माउन्टेन्समा रहेको तारासिन गाउँमा आइतबार भएको जनाएको छ । अगस्टको अन्तिम सातामा भएको भारी वर्षापछि यो विपत्ति आएको हो ।
अफ्रिकी देशमा आएको हालसम्मको सबैभन्दा ठूलो प्राकृतिक विपत्तिमध्ये एक मानिएको समाचार संस्था एपीले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक जानकारीअनुसार गाउँका सम्पूर्ण बासिन्दाको मृत्यु भएको छ, जसको संख्या एक हजारभन्दा बढी रहेको अनुमान छ । एक जनामात्र जीवित भेटिएका छन् ।”
सुडान लिबरेसन मुभमेन्ट–आर्मीले गाउँ पूर्णरूपमा ध्वस्त भएको बताउँदै शवहरू निकाल्नका लागि संयुक्त राष्ट्र संघ (यूएन) र अन्तर्राष्ट्रिय सहायता समूहहरूसँग सहयोगको लागि अपिल गरेको छ ।
मार्राह माउन्टेन्सका समाचारमाध्यमले सार्वजनिक गरेको भिडियो फुटेजमा पहाडी शृंखलाहरूबीचको एक समतल क्षेत्र देखाइएको छ, जहाँ मानिसहरूको एउटा समूहले खोजी गरिरहेको देखिन्छ ।
सन् २०२३ को अप्रिलमा सुडानमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ)बीचको तनाव राजधानी खार्तुम र देशका अन्य भागहरूमा खुला युद्धमा परिणत भएपछि विनाशकारी गृहयुद्ध चलिरहेको छ ।
यस द्वन्द्वग्रस्त डारफर क्षेत्रको अधिकांश भागमा सुडानको सेना र आरएसएफबीचको लडाइँ र कडा प्रतिबन्धका कारण संयुक्त राष्ट्र संघ र सहायता समूहहरूका लागि पहुँच पुर्याउन असम्भव बनेको समाचारमा उल्लेख छ ।
गृहयुद्धबाट मृत्यु हुनेको संख्याको अनुमान फरक-फरक छ, तर एक अमेरिकी अधिकारीले गत वर्ष २०२३ देखि १.५ लाख मानिस मारिएको अनुमान गरेका छन्। लगभग १ करोड २० लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।
एपी
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान