काठमाडौं । विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा आवाज दिएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।
मध्यरात १२ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले दिए ।
इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् ।
कान्छी छोरीसहित उनी हात्तीवनको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । बौद्ध संस्कारसहित उनको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको छ । त्यसअघि श्रद्धान्जलीका लागि उनको शव संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।
इन्दिरा मल्टी ट्यालेन्टेड (बहुप्रतिभाशाली) गायिकाको रूपमा चिनिन्छन् । उनले थुप्रै कालजयी गीत गाएकी छन् । काठे लोकभाका मात्रै होइन, पूर्वेली लोकभाकादेखि लिएर पश्चिमेली लोकभाका र सुदूरपश्चिमको देउडा गीतसमेत गाएकी छन् । तामाङ सेलोदेखि लिएर आधुनिक गीतसमेत गाएकी छन् । तीन महिनाअघिसम्म उनका गीत बजारमा निस्किरहेका थिए ।
भौतिक शरीर अलप भए पनि उनले छाडेर गएका ‘चाँगुनारायण थान, हुक्का चिलिमले, नारानथानमा गेट, जाइफूलको बासना, पान मिठो चुनामा, पालञ्चोकी पशुपति, इन्द्रावती बग्यो सलल, बाइबाइ सलाम, मायाको आन्दोलन जस्ता सयौं चर्चित लोकभाकाहरू कालजयी भएर हामी माझ गुञ्जिरहने छन् ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला