गण्डकी प्रदेश सभाका सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन परिमार्जन ‍

ऐन परिमार्जन ‍

गण्डकी प्रदेश सभाका सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन परिमार्जन ‍

प्रदेश सभा सदस्य सुनीता थापाले पाइन् सहयोगी कर्मचारी

Gandaki Pradesh Sabha

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश सभाका पदाधिकारी तथा सदस्हयरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन ‍२०७४ को अनुसूची परिमार्जन गरेकाे छ । ऐनको मूल अंश परिमार्जनका लागि प्रदेश सभामा नै लैजानुपर्ने भए पनि अनुसूची भने मन्त्रिपरिषद्ले परिमार्जन गर्न सक्छ ।

ऐनको अनुसूची परिमार्जन सम्बन्धी सूचना साउन २९ प्रदेश राजपत्र प्रकाशनमा समेत आइसकेको छ । पछिल्लोपटक संशाेधन गरिएको अनुसूची अपांगता भएका प्रदेश सभा सदस्यको सुविधासँग सम्बन्धित छ । श्रवण समस्या भएकी सुनीता थापा समानुपातिक कोटाबाट प्रदेश सभामा आएपछि दोभासेको माग गर्दै आएकी थिइन् ।

गण्डकी प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन ‍२०७४ को अनुसूचीका सबै अंश यथावत राखेर द्रस्टव्यमा एउटा बुँदा थप गरिएको छ ।

जसमा भनिएको छ, प्रदेश सभा तथा पदाधिकारीको अपांगताको अवस्था, कारण र स्थिति विचार गरी सहयोगी कर्मचारी बिना निजले दैनिक गतिविधि एवं कार्यसम्पादन गर्न नसक्ने अवस्था भएमा निजको हकमा सहायकस्तर पाँचौं तहसम्मको एकजना सहयोगी कर्मचारी उपलब्ध गराउन सक्नेछ भन्ने प्रावधान थप गरिएको छ ।

उक्त ऐनले प्रदेश सभा सदस्यलाई सहायकस्तर पाँचौं तहसम्मको स्वकीय सचिव उपलब्ध गराउने प्रावधान छ । यो परिमार्जनसँगै अब गण्डकी प्रदेश सभामा अपांगता भएका प्रदेश सभा सदस्य अवस्था हेरी एक जना थप सहयोगी पाउने भएका छन् ।

सरकारको यो निर्णयसँगै प्रदेश सभा सदस्य थापाको सिफारिसमा प्रदेश सभा सचिवालयले एकजना दोभासेलाई सहयोगी कर्मचारीका रुपमा नियुक्त गरेको छ । प्रदेश सभाको बैठक बसेका दिन दोभासेको काम गर्दै आएका सुवास कोइरालालाई नै सुनीताको सहयोगीका रुपमा नियुक्त गरिएको हो । कोइरालाले सहायक पाँचौं अर्थात् नायव सुब्बा सरहको सुरु तलब पाउने भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ