ललितपुरमा शनिबार बिहान कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकेको पाइएको छ।
बिहान सवा ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको थियो।
मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएको सिसिटिभी फुटेज बाहिरिएको छ।
उक्त भिडिओ फुटेजमा बालिका जेब्रा क्रसिङबाट सडक पार नगरी केही अगाडि बढेर हेर्दै नहेरी दौडिएर बाटो काट्नै लाग्दा गाडीले ठक्कर दिएको थियो।
ठक्करबाट बालिका गाडीको छेवैमा पछारिएकी थिइन्। दुर्घटना हुनुमा मुख्य जिम्मेवार गाडी चालक नदेखिएपनि त्यसपछि जुन हर्कत देखाइयो, गाडीमा सवार रहनेहरूबाट अक्षम्य अपराध भएको छ । मन्त्री स्वयं सवार रहँदा पनि दुर्घटना भएपछि सामान्य मानवियता पनि नदेखाएको भन्दै सर्वत्र विरोध भएको छ ।
बालिका सडकमै लडे पनि सो गाडी भने रोक्दै नरोकी त्यहाँबाट अगाडि बढेको भिडिओ फुटेजमा देखिन्छ। गाडीको पछाडि आइरहेका मोटरसाइकलमा सवार एक महिलाले बालिकालाई सडकबाट उठाएको दृश्य भिडिओमा देखिएको छ।
ठक्कर दिने गाडीमा मन्त्री मगर सवार रहेको पुष्टि ललितपुर प्रहरीले गरिसकेको छ।
घाइते बालिका ११ वर्षीया बालिका उषा मगर सुनुवार हुन् । उनको बिएन्डबी अस्पतालमा उपचार जारी छ ।
सम्बन्धित खबर
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना
रुकुम पश्चिम जिप दुर्घटना: मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
रुकुम पश्चिममा जिप दुर्घटना : सात जनाको मृत्यु, १० जना घाइते
स्याङ्जामा मोटरसाइकल दुर्घटना: राष्ट्रिय कृषि परियोजना कास्कीका प्रमुख लम्सालको मृत्यु
इलाममा बाढी-पहिरोले कम्तिमा १८ जनाको मृत्यु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’