काठमाडौँ प्रदर्शनमा कम्तीमा १२ हजार युवा, बानेश्वरमा तोडे निषेधित क्षेत्र

प्रदर्शन

काठमाडौँ प्रदर्शनमा कम्तीमा १२ हजार युवा, बानेश्वरमा तोडे निषेधित क्षेत्र

प्रहरीद्वारा पानीको फोहरा प्रहार

Genz Protest

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले प्रदर्शनमा उत्रिएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले कम्तीमा ४ हजारको संख्यामा युवाहरु भेला भएको बताएका छन् ।

तर, गृह मन्त्रालयका एक अधिकारीका अनुसार कम्तीमा १२ हजार जेनजी भेला भएको जानकारी प्रहरीले पठाएको छ । त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाउन सर्कुलर जारी भएको एक अधिकारीले बताए ।

प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । ‘कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,’ अधिकारीले भने, ‘उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्नेछैनौं ।’

आन्दोलन घोषणा गर्दा जेनजीहरुले संसद भवन अगाडि पनि प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, उक्त क्षेत्र निषेधित गरिएकोले उनीहरुलाई अगाडि नै रोकिएको छ ।

बानेश्वरमा तोडे निषेधित क्षेत्र, प्रहरीद्वारा पानीको फोहरा प्रहार 

विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका छन्। यहाँ प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्नेक्रममा ब्यारीकेड तोडेका हुन्। भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा प्रहार गरेको छ।

त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ भने उनीहरूले प्रहरीलाई कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोत्तलले प्रहार गरेका छन्। प्रदर्शनकारीहरूले सरकारविरुद्व विभिन्न नाराबाजी गरिरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ