संसदको गेटमा प्रदर्शनकारीले आगो लगाए, आन्दोलन उग्र भएपछि कर्फ्यू आदेश

प्रदर्शन

संसदको गेटमा प्रदर्शनकारीले आगो लगाए, आन्दोलन उग्र भएपछि कर्फ्यू आदेश

प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलायो

aago samsad

ड्रोन तस्वीर नेपाल प्रेसबाट

काठमाडौं । जेन-जी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।

जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेश जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ ।

प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए । अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् ।

प्रहरीले हवाई फायरका साथै अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । यस्तै, लाठीचार्ज समेत भएको प्रहरीले बताएको छ ।

सामाजिक सञ्जाल बन्दका साथै भ्रष्टाचार र बेथितिको विरोधमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्रभित्र पुगेका हुन् । निषेधित क्षेत्रमा पुगेर प्रदर्शनकारीहरू संसद् भवनको पर्खाल भत्काउने प्रयाससहित तोडफोड गरिरहेका छन् ।

जेनजी नेपालले सामाजिक सञ्जालबाट प्रदर्शन नियन्त्रण बाहिर गएपछि तत्कालै सबैलाई घर फर्किन आह्वान गरेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ