जेन-जीको प्रदर्शनका क्रममा सुनसरीमा मुत्यु हुनेको संख्या दुई पुगेको छ ।
प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रकाश पराजुलीले बताएका छन् । उनका अनुसार मृतकको पहिचान भने खुल्न सकेको छैन ।
यस्तै प्रदर्शनका क्रममा घाईते चार जनाको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
सरकारविरुद्ध आन्दोलनरत जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगो लगाएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । उपमहानगर मा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगजनीबाट उपमहानगर कार्यालय भवनमा ठूलो क्षति पुगेको छ ।
प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् ।
यअघि प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा कर्फ्यू आदेश जारी गरेको थियो । जेन-जीले बिहान ११ बजेदेखि इटहरीको मुख्य चोक घेरेर प्रर्दशन गरेका थिए ।
त्यसपछि जेन-जीले उपमहानगरपालिका कार्यालयअगाडि गएर प्रर्दशन गरेका थिए । प्रदर्शन उग्र बनेपछि उपमहानगरपालिका कार्यालयमा आगजनी गरिएको थियो । त्यसपछि तनाव चुलिँदा प्रहरीले गोली चलाएको थियो ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’