पोखरामा जेन-जी आन्दोलनका क्रममा आगजनी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।
नयाँबजारस्थित सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको भाइ ध्रुब थापाको घरमा जेनजी प्रदर्शनकारीले आगो लगाउँदा एक जना युवतीको मृत्यु भएको छ ।
शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ । जानकारका अनुसार उनी सञ्जु नगरकोटी हुन् । उनी घरेलु कामदारको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । सञ्जुको स्थायी ठेगाना सिन्धुपाल्चोक भएको बुझिए पनि उनको पालिका र वडा भने अझै निश्चित हुन सकेको छैन ।
यस्तै, आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा पनि एक युवतीको शव भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । शव २६ वर्षीया स्वास्थ्यानी खड्काको भएको प्रहरीले पुष्टि गरेको छ । उनी स्पामा काम गर्थिन् । प्रहरीले जनाए अनुसार भवनभित्रै रहेका बेला प्रदर्शनकारीले आगजनी गरेपछि उनको जलेर मृत्यु भएको हो । स्वस्थानीको स्थायी ठेगाना दैलेखको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ रहेको कास्की प्रहरीले जनाएको छ ।
आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।
मंगलबार आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका छन् भने मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर र बगैंचासँगै भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपीपल रिसोर्ट समेत तोडफोड र आगजनी गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीले देशभर अकल्पनीय क्षति पुगेको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस