निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित मन्त्रीहरूलाई उनीहरूको सुरक्षार्थ शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा राखिएको छ।
निवर्तमान प्रधानमन्त्री ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, प्रचण्ड, नेपाल लगायत सबै मन्त्रीहरूलाई शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राखिएको सेनाको उच्च स्रोतले जानकारी दियो।
यसबारे ओलीले पनि जेनजीका नाममा बुधबार राति एक पत्र जारी गर्दै पुष्टि गरेका छन्। उक्त सन्देशमा उनले आफू शिवपुरीको एकान्त सुरक्षा घेराभित्र रहेको बताएका छन्।
यस्तो छ शिवपुरीबाट निवर्तमान प्रधानमन्त्री ओलीले जेनजीलाई लेखेको पत्र
स्रोतका अनुसार मन्त्रीहरूलाई मन्त्री क्वार्टर भैंसेपाटीबाट र प्रचण्ड र नेपाललाई भने सिंहदरबारबाट हेलिकप्टरमा शिवपुरी लगिएको हो।
मंगलबार दिउँसो सिंहदरबारमा प्रचण्डले विपक्षी दलको बैठक डाकेका थिए। बैठकमा माधव नेपाल पनि सहभागी थिए। सोही समयमा आन्दोलनकारीहरूले प्रचण्डको घरमा आगजनी गरेको खबर आएपछि उनीहरू दुवै जनालाई सेनाले शिवपुरी लगेको हो।
ओलीका तर्फबाट भनेर केहीबेरअघि एउटा वक्तव्य सार्वजनिक भएको छ। उक्त वक्तव्य निवर्तमान प्रधानमन्त्री ओलीका तर्फबाट जारी भएको भन्दै प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले सामाजिक सञ्जालमा राखेका हुन्।
‘प्रिय जेनजी बाबुनानीहरू’ भन्दै पत्र लेखेका ओलीले आफू शिवपुरीमा रहेको खुलाएका छन्।
केपी ओलीले मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै नेपाली सेनाले उनलाई हेलिकोप्टरमार्फत् बालुवाटारबाटै सुरक्षित स्थानमा लगेको थियो। केपी शर्मा ओलीसहित राष्ट्रपति, मन्त्रीहरू, शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा राखेको छ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु