निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित मन्त्रीहरूलाई उनीहरूको सुरक्षार्थ शिवपुरीस्थित सैनिक तालिम केन्द्रमा राखिएको छ।
निवर्तमान प्रधानमन्त्री ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, प्रचण्ड, नेपाल लगायत सबै मन्त्रीहरूलाई शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राखिएको सेनाको उच्च स्रोतले जानकारी दियो।
यसबारे ओलीले पनि जेनजीका नाममा बुधबार राति एक पत्र जारी गर्दै पुष्टि गरेका छन्। उक्त सन्देशमा उनले आफू शिवपुरीको एकान्त सुरक्षा घेराभित्र रहेको बताएका छन्।
यस्तो छ शिवपुरीबाट निवर्तमान प्रधानमन्त्री ओलीले जेनजीलाई लेखेको पत्र
स्रोतका अनुसार मन्त्रीहरूलाई मन्त्री क्वार्टर भैंसेपाटीबाट र प्रचण्ड र नेपाललाई भने सिंहदरबारबाट हेलिकप्टरमा शिवपुरी लगिएको हो।
मंगलबार दिउँसो सिंहदरबारमा प्रचण्डले विपक्षी दलको बैठक डाकेका थिए। बैठकमा माधव नेपाल पनि सहभागी थिए। सोही समयमा आन्दोलनकारीहरूले प्रचण्डको घरमा आगजनी गरेको खबर आएपछि उनीहरू दुवै जनालाई सेनाले शिवपुरी लगेको हो।
ओलीका तर्फबाट भनेर केहीबेरअघि एउटा वक्तव्य सार्वजनिक भएको छ। उक्त वक्तव्य निवर्तमान प्रधानमन्त्री ओलीका तर्फबाट जारी भएको भन्दै प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले सामाजिक सञ्जालमा राखेका हुन्।
‘प्रिय जेनजी बाबुनानीहरू’ भन्दै पत्र लेखेका ओलीले आफू शिवपुरीमा रहेको खुलाएका छन्।
केपी ओलीले मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै नेपाली सेनाले उनलाई हेलिकोप्टरमार्फत् बालुवाटारबाटै सुरक्षित स्थानमा लगेको थियो। केपी शर्मा ओलीसहित राष्ट्रपति, मन्त्रीहरू, शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा राखेको छ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला