काठमाडौँ- अन्तरिम सरकार प्रमुख बन्न जेनजी समूहले गरेको प्रस्ताव पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले स्वीकार गरेकी छन्। यसअघि जेनजीको भर्च्युअल बैठकमा बहुमत सदस्यहरूले सुशीला कार्कीको नाम पहिलो रोजाइमा राखेपछि उनीसँग सम्पर्क गरिएको हो।
जेनजी समूहको भर्चुअल बैठकमा जेनजी समूहका सदस्य र्यान्डम नेपाली अर्थात राष्ट्रविमोचन तिमल्सिनाले उक्त जानकारी दिएका हुन्।
जेनजीहरूमाझ अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की उपयुक्त पात्र हुने भन्दै चर्चा चलेको हो।
जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्।
दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जानेबारे कुरा भएको हो।
उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा छानेका हुन्।
यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ।
बालेनले गरे समर्थन
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि सहमति दिएका छन्।
स्रोतका अनुसार कानुन बुझेको र भ्रष्टाचारबिरोधी अनुहारका रूपमा कार्कीको नाममा बालेनले सहमति गरेका हुन्।
जेनजी प्रतिनिधिहरूले सेनाप्रमुख अशोकराज सिग्देललाई सुशीला कार्कीको नाम दिएका थिए।
उनीहरूले कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रधान सेनापति सिग्देलसँग प्रस्ताव गरेका थिए।
यद्यपि कार्कीको नाममा अन्तिम सहमति भने भइनसकेको र जेनजी समूहको अर्को बैठकमा अन्य नामहरूबारे पनि छलफल भएको बुझिएको छ।
हर्क साम्पाङ आफै अघि सरे
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू नेतृत्वका लागि तयार भए पनि जेनजीका प्रतिनिधिहरूले कार्कीको नाम दिएको बताए ।
सेनाप्रमुख अशोकराज सिग्देलले साम्पाङसँग पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नाममा छलफल भइरहेको जानकारी दिएका छन्।
बुधबार साँझ सैनिक मुख्यालयमा सैनिक प्रमुख सिग्देलसँग भेटेपछि बाहिर निस्केर साम्पाङ सञ्चारकर्मीहरूसँग यो जानकारी गराएका हुन्।
उनका अनुसार सेनाप्रमुखसँगको भेटमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नाम आएको जानकारी दिएका थिए।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु