संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछु : राष्ट्रपति

अपिल

संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछु : राष्ट्रपति

rastrapati ramchandra

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी गराएका छन् ।

आज एक अपिल जारी गर्दै उनले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्शमा रहेको बताएका हुन्। उनले आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदान खोज्ने बताएका हुन्।

‘आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, देशको अहिलेको बिषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु । आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु’ विज्ञप्तिमा भनिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds