जेन-जीको माग संविधान खारेजी होइनः सुदन गुरुङ

जेन-जीको माग संविधान खारेजी होइनः सुदन गुरुङ

sudan gurung1

हामी नेपालका अध्यक्षसमेत रहेका जेन–जी अभियन्ता सुदन गुरुङले नेपाली जनताको भावनाअनु्सार अबको अन्तरिम सरकार बन्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनुपर्ने बताएका हुन् ।

‘नेपाली जनताको भावना, जेन–जीको भावनाअनुसार सरकार बनाउने । यो संविधान पूरै त्याग गर्ने होइन । यसलाई खारेज नगर्ने । भीख मागेर, संविधान नै चाहिँदैन भनेर भनेर हुँदैन । खारेज गर्यो भने अरुहरुले हस्तक्षेप गर्छन् । नरह्यो नेपाल, नरह्यो नेपाली ? संविधानमा संशोधन गर्नुपर्छ,’– उनले भने ।

अध्यक्ष सुदन गुरुङले आफूहरूले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्व मान्न तयार रहेको पनि बताए । उनले संसद् विघटन पनि आफूहरूको मुख्य माग रहेको बताए । त्यसपछि मात्रै अरु कामहरू अघि बढने उनको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds